एमालेको युवा विभाग सक्रिय, साउनको दोस्रो साता कार्यशाला गोष्ठी गर्ने

नेकपा (एमाले)को केन्द्रीय विभाग मध्यको महत्वपूर्ण युवा तथा खेलकुद विभागले साउन दोस्रो साता कार्यशाला गोष्ठीको आयोजना गर्ने भएकाे छ । बुधबार पार्टीको केन्द्रीय कार्यलयमा बसेको विभागको बैठकले युवाहरुलाई व्यवसायीक बनाउन लागि कार्यशाला गोष्ठीको आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त गोष्ठीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका विज्ञहरुका साथै ३ सय जना भन्दा धेरै युवाहरु सहभागी गराउने विभागको उदेश्य छ । गोष्ठीमा युवाहरुलाई व्यवसायीक बनाउन ‘मास्टर प्लायन’ समेत प्रस्तुत गरिने छ ।

साथै बैठकले खेलकुद क्षेत्रमा लागेका खेलाडीहरुको तथ्यांक र अवस्थाबारे अनुसन्धान गर्नको लागि ७ सदस्यीय कार्यदल समेत गठन गरेको छ । बैठकले विभागका सदस्यहरु नियुक्त गरेको मा केन्द्रीय कमिटीलाई धन्यावाद तथा नियुक्त भएका सदस्यहरुलाई बधाई समेत दिएको छ । बैठकमा नयाँ निर्वाचित सदस्यहरुलाई महासचिव शंकर पोखरेलले पद तथा गोपनीयताको सपथ गराएका थिए ।

युवा तथा खेलकुद विभागका प्रमुख लिलाबहादुर थापा मगरको अध्यक्षता बसेको बैठकमा सदस्यहरुले आ–आफ्नो क्षेत्रको बारेमा रिर्पोटिङ गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार