इश्वर पोखरेलले जितेको क्षेत्रमा रन्जु दर्शनाले चुनाव लड्ने

रन्जु दर्शना आउँदो प्रतिनिधिसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट उठ्ने भएकी छिन् । विवेकशील साझा पार्टीकी पूर्वनेता दर्शनाले काठमाडौं ५ बाट उठ्ने तयारी भएको र केही दिनमा औपचारिक घोषणा गर्ने बताइन् ।

विवेकशील नेपाली दलबाट अघिल्लो चुनावमा काठमाडौंको मेयरमा उनले २३ हजार ४३९ मत ल्याएकी थिइन् । विवेकशील साझा दल निकट रहेकी दर्शना पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा छिन् ।

विवेकशीलका संस्थापक अध्यक्ष उज्ज्वल थापा उम्मेदवार हुँदै आएको क्षेत्रबाट उम्मेदवार बन्ने दर्शनाले निर्णय गरेकी छन् । थापाले काठमाडौं ५ बाट चुनाव लड्दै आएका थिए । गत संसदीय चुनावमा काठमाडौं ५ बाट एमालेका नेता इश्वर पोखरेल २३ हजार २९ मत ल्याएर विजयी भएका थिए

।उनले नेपाली कांग्रेसका प्रकाशशरण महतलाई झन्डै १० हजार मतले हराएका थिए । पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३ हजार १ सय ६९ मत प्राप्त गरेका थिए । त्यस्तै विवेकशील साझा पार्टीका उम्मेदवार उज्वल थापाले ६ हजार ८ सय ५३ मत ल्याएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार