बिहीबारसम्ममा मन्त्रीहरुको शपथ हुन्छ : मेटमणि चौधरी

नेकपा (एकीकृत समाजवादी)को तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबारसम्ममा मन्त्री पदको शपथ ग्रहण गरिसक्ने बताएका छन् ।

जनता समाजवादी पार्टीले पार्टीको आन्तरिक समस्या सम्बोधन गर्नका लागि केही दिन समय मागेका कारण एकीकृत समाजवादीबाट मन्त्रीमा सिफारिस भएकाहरुको शपथग्रहण रोकिएको उनको भनाइ छ ।

टिभीअन्नपूर्णसँगको कुराकानीमा चौधरीले मन्त्री पदको शपथ ग्रहण बिहीबारसम्ममा गरिसक्ने बताएका हुन् ।

सांसद चौधरीले पार्टीले गरेको निर्णय कार्यान्वयन हुने पनि बताए । उनले भने, ‘पार्टीले निर्णय ग¥यो । निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ । तर आज हामी पाँच दलिय गठबन्धन भित्रकै एउटा दल हो । एउटा पार्टी हो । हामीले सपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरी जसपाका साथीहरुले केही दिन हामीलाई पनि पार्टी भित्रको आन्तरिक समस्या सम्बोधनको लागि केही समय चाहिन्छ भनेपछि केही समय केहीदिन ढिला मात्रै भएको हो । मन्त्री त सम्भवत्ः आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने सपथग्रहण भोलि पक्कै हुन्छ ।’

उनले माओवादी केन्द्र र नेपाली काँग्रेसलाई पनि मन्त्री हेरफेर गर्ने दबाब रहेको भन्दै सबै पार्टीले एकैपटक शपथ गराउनका लागि शपथ ग्रहण पछि सार्न पार्टी अध्यक्ष माधवकुमार नेपाल पनि सहमत उनको भनाइ छ । उनले भने, ‘एकदमै पाको काम हो । पार्टीले गर्ने भनेको यही हो । संस्थागत गर्ने निर्णय नै हो । अब त्यसपछि अरु पार्टी माओवादीभित्र पनि प्रेसर छ । कांग्रेसभित्र पनि प्रेसर छ । सबैले एकैपटक गरौँ भनेपछि ल दुई दिनभित्र टुंगिन्छ भनेपछि ठिकै छ नि त भनेर हाम्रो अध्यक्षले गर्नुभयो । यसलाई अपरिपक्व निर्णय भन्न मिल्दैन । सकभर आज नभए भोली ग्यारेन्टी हुन्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार