काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई नि:शुल्क इन्डक्सन चुलो बाँड्न खुल्यो आवेदन

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले काठमाडौंमा कोठा भाडामा लिएर बसिरहेका सीमित समुदायका विद्यार्थीलाई निस्शुल्क विद्युतीय चुलो वितरणका लागि आवेदन माग गरेको छ ।

बुधबार एक सूचना जारी गर्दै केन्द्रले काठमाडौंमा कोठा भाडामा लिएर स्नताक र स्नातकोत्तर तहमा अध्ययन गर्ने आदिबासी, दलित, जनजाति र लोपोन्मुख समुदायका विद्यार्थीलाई निस्शुल्क विद्युतीय चुलो बाँड्नका लागि भन्दै आवेदन माग गरेको हो ।

‘विद्यार्थीलाई खाना पकाउने एलपी ग्यासको बढ्दो मूल्यको समस्याबाट राहत महसुस गराउन तथा विद्युतीय चुलोको पनि प्रवर्द्धन गर्नका लागि यस्तो कार्यक्रम ल्याइएको हो,’ केन्द्रले जारी गरेको सूचनामा भनिएको छ ।

विद्यार्थीहरुले असार ९ गतेभित्र अनलाइन फाराम भर्न सक्नेछन् । विद्यार्थीले आवेदनका साथमा नागरिकता प्रमाणपत्रको प्रतिलिपी र शिक्षण संस्थाको विद्यार्थी परिचयपत्र तथा सिफारिस पत्र बुझाउनुपर्नेछ छ । साथै आदिबासी, जनजाति, दलित र लोपोन्मुख समुदायको परिचय खुल्ने गरी सम्बन्धित स्थानीय तहको सिफारिस पनि माग गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार