१६ महिने छोरी हत्या आरोपमा १६ वर्षीया आमा पक्राउ

काठमाडौं । दाङमा एक किशोरीले आफ्नै १६ महिनाकी छोरीलाई सेप्टिक ट्याङ्कीमा फालेर हत्या गरेको खुलेको छ । राप्ती गाउँपालिका– ३ मसुरियाकी एक १५ वर्षीया किशोरीले १६ महिनाकी छोरीलाई सेप्टिक ट्यांकीमा फालेको र शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले किशोरीलाई पक्राउ गरेको छ ।

बुधबार बिहान ४ बजेतिर किशोरीले आफू शौचालय गएका बेला सँगै सुतेकी छोरी हराएको भनी परिवारका सदस्यलाई बताएकी थिइन् । त्यसपछि उनको घरमा पुगेको इलाका प्रहरी कार्यालय भालुवाङको टोलीले सोधपुछ गर्दा आफूले सेप्टिक ट्याङ्कीमा खसालेको स्वीकार गरेको थिइन् ।

प्रहरीका अनुसार किशोरीले आफ्नो दूध नआएको र छोरी रोइरहेपछि सेप्टिक ट्याङ्कीमा हालेको बताएकी छन् । शिशुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार