सञ्चार मन्त्रालयको घुम्ति शिविरलाई दारु शिविर बनाऔं : गोकुल बास्कोटा

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई घुम्ति शिविरलाई परिवर्तन गरी दारु शिविर चलाउन सुझाव दिएका छन् ।

बुधबार प्रतिनिधिसभामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि आगामी आर्थिक बर्षका लागि विनियोजित वजेटमाथिको छलफलमा भाग लिँदै पूर्व संचारमन्त्री समेत रहेका सांसद बास्कोटाले यस्तो सुझाव दिएका हुन ।

‘सञ्चार मन्त्रालयको घुम्ती शिविर छ । बरु दारु शिविर राखे हुन्छ । प्रष्ट छ कुरा’ उनले थपे, ‘के आखाँको घुम्ती शिविर ? स्वास्थ्य मन्त्रालयको भए पनि हुन्थ्यो । कानको के को निम्ति हो ? मैले केही पनि बुझ्न सकेको छैन ।’

अर्थमन्त्रीले सरकारी कार्यालयका लागि सवारी साधन खरिद नगर्ने घोषणा गरेको छन् सञ्चार मन्त्रालयको विनियोजित वजेटमा भने मोटरसाइकल र स्कुटर खरिद गर्ने उल्लेख रहेको भन्दै उनले कुन चाहिँ झुटो हो हो ? भनी प्रश्न गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार