सेयर बजार सुधारको लागि सुझाव समिति गठन

काठमाडौं । अर्थमन्त्रालयले सेयर बजार सुधारको लागि ४ सदस्यीय सुझाव समिति बनाएको छ । सुझाव समितिको संयोजक धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी छन् । सदस्यमा बोर्ड, मन्त्रालय र राष्ट्रबैंकबाट १–१ जना प्रतिनिधि रहने छन् । उक्त समिति अर्थमन्त्री जनार्दन शर्माको निर्देशनमा बनाइएको हो ।

पछिल्लो समय सेयर बजार निरन्तर ओरालो लागिरहेको छ । ३ हजार २ सय अंकसम्म पुगेको सेयर बजार करिब २ हजार अंकमा झरिसकेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार