नबिल बैंकका १८ शाखामा सार्वजनिक शौचालय सञ्चालन

नबिल बैंकले काठमाडौं महानगरभित्र रहेका १८ वटा शाखा कार्यालयको शौचालय सार्वजनिक रुपमा सञ्चालनमा ल्याएको छ । बुधबार काठमाडौं महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालनमा ल्याउने सहमति भएको हो।

काठमाडौं महानगरका मेयर बालेन शाहको आह्वानलाई स्वीकार गर्दै बैंकले आफैँँले शौचालयको मर्मत सम्भार सरसफाइ, पानीको प्रबन्ध र निकासको व्यवस्था गर्ने भएकाे छ ।

अब केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, ज‍ोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल, मैतीदेवी कम्प्लेक्स, कुलेश्वर, कान्तिपथ, रोयल कम्प्लेक्स बसुन्धारा चौकी, अनामनगर, सिनामंगल, कलंकी भटभटेनी, धुम्बाराही, धर्मपथ न्युरोड, कालीमाटी र शंखमूलस्थित बैंक शाखामा रहेका शौचालय सर्वसाधारणले नि:शुल्क प्रयोग गर्न पाउनेछन्।

मेयर शाहको आह्वानलाई स्वीकार गर्दै देशका विभिन्न स्थानमा विभिन्न कम्पनी तथा संस्थाहरुले शौचालयलाई सार्वजनिक शौचालयका रुपमा प्रयोग गर्न दिने घोषणा गरिरहेका छन्

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार