जसपा बैठकमा तनाव, नेताहरुबीच कुटाकुट

जनता समाजवादी पार्टी नेपाल धनुषा जिल्लाको चुनावी समीक्षामा दुई पक्षबीच कुटाकुट भएको छ । जनकपुरको एक होटलमा जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा हिजो बसेको समीक्षा बैठकमा विवाद हुँदा कुटाकुट भएको हो ।

समीक्षामा धनुषाको सवैला नगरपालिकाको प्रसंग उठेको थियो । त्यहाँ काँग्रेस र जसपाबीच गठबन्धन भएको थियो । तर चुनाव माओवादी केन्द्रका उम्मेदवारले जित्यो । सवैला नगरपालिका जसपा नगर अध्यक्ष वैद्यनाथ रायले पार्टीका केन्द्रीय सदस्य साधु यादवले पार्टीलाई सहयोग नगरेर माओवादी केन्द्रका लागि मत मागेको आरोप लगाएका थिए ।

गठबन्धनको उम्मेदवार हार्नुमा आफ्नै पार्टीबाट अन्तर्घात भएको भन्दै यसको मुख्य दोषी साधु यादव भएको भन्नेवित्तिकै उनीमाथि कुटपिट भएको थियो ।

बैठकमा रहेका साधु यादव पक्षका कार्यकर्ताहरुले वैद्यनाथ यादवमाथि कुटपिट गर्न थालेपछि दुई पक्षबीच झडप भएको धनुषा जिल्ला उपाध्यक्ष अम्भुप्रसाद यादवले बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार