लोसपासँग एकताका लागि तयार छौँ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजवादी पार्टी नेपालले विगतमा भएको पार्टी फुटको समीक्षासहित सच्चिएर आएमा पार्टी एकताको लागि तयार रहेको बताएका छन् ।

बुधवार जनकपुरधाममा पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले फुटेर नभई जुटेर चुनावमा जानका लागि समेत लोसपालाई सुझाए । यादवले पाँच दलीय गठबन्धनमा सहभागी भएमा लोसपालाई स्वागत गर्ने पनि बताएका छन् । उनले चुनाव अघि नागरिकता विधेयक पारित गरि सजहरुपमा नागरिकता वितरणको व्यवस्था गर्न माग गरे ।

मधेस प्रदेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रलाई पुनःनिर्धारण गर्न पनि यादवले माग गरे ।

अध्यक्ष यादवले भने, विगत भन्दा अहिले ५३ प्रतिशत प्रतिनिधित्व गर्नका लागि निर्वाचन क्षेत्र हुनुपर्छ, हामी भनिरहेका छौँ, निर्वाचन क्षेत्रलाई पहिला रिभ्यु गरौँ र त्यसपछि निर्वाचन क्षेत्रको निर्धारण गरौँ ।’ अध्यक्ष यादवले अहिलेको निर्वाचन प्रणाली पनि त्रुटीपूर्ण रहेको समेत बताए । उनले समानुपातिक र प्रत्यक्ष दुबै निर्वाचन प्रणाली त्रुटीपूर्ण रहेको र गलत प्रणाली तथा लामो प्रक्रियाका कारण निर्वाचन अत्याधिक खर्चिलो रहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार