मोबाइलमा पब्जी खेल्न नपाएपछि आफ्नै आमाको हत्या

पब्जी खेल्न नपाएपछि आक्रोशित १६ वर्षीय छोराले आफ्नै आमाको गोली हानी हत्या गरेका छन् । त्यसपछि आमाको शवसँगै तीन दिनसम्म घरमै बसे । उनले १० वर्षीया बहिनीलाई पनि धम्की दिए र घरबाट बाहिर निस्कन दिएनन् । शव कुहिएपछि दुर्गन्ध फैलिन थालेपछि सेनामा अधिकारी पितालाई आफैंले फोन गरेर आमाको हत्या गरेको जानकारी दिए । पिताको जानकारीपछि मंगलबार राती प्रहरीले शवलाई घर बाहिर निकाले ।

नवीन कुमार सिंह, मूल रूपमा वाराणसीका, सेनामा एक जुनियर कमिसन्ड अफिसर हुन् । उनको पोस्टिङ पश्चिम बंगालमा छ । लखनउको पीजीआई क्षेत्रको यमुनापुरम कोलोनीमा उनको घर छ । यहाँ उनकी श्रीमती साधना ९४० वर्ष० आफ्ना १६ वर्षीय छोरा र १० वर्षीया छोरीसँग बस्दै आएकी थिइन् । छोराले मंगलबार राती बुबा नवीनलाई भिडियो कल गरेर आमाको हत्या गरेको बताए । उनले बुवालाई शव पनि देखाए । नवीनले एकजना आफन्तलाई तत्कालै फोन गरेर घर घर पठाए ।

एडीसीपी काशिम अब्दीका अनुसार छोरालाई मोबाइलमा गेम खेल्ने बानी थियो तर साधनाले उनलाई गेम खेल्नबाट रोकिन् । शनिबार राति पनि उनले छोरालाई गेम खेल्न दिएकी थिइनन् । त्यसैले छोरा आमासँग असाध्यै रिसाएका थिए । राति करिब २ बजेतिर साधना गहिरो निद्रामा थिइन्, उनले दराजबाट बुवाको पेस्तोल निकालेर आमाको हत्या गरिदिए । त्यसपछि बहिनीलाई धम्की दिएर सोही कोठामा थुनिदिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार