नेताहरुलाई आग्रहपूर्ण विचार प्रवाह नगर्न एमाले महासचिवको सुझाव

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका नेताहरुलाई आग्रहपूर्ण विचार प्रवाह नगर्न सुझाव दिएका छन्। सामाजिक सञ्जाल मार्फत महासचिव पोखरेलले यस्तो सुझाब दिएका हुन्। घनश्याम भुसालले स्थानीय निर्वाचनको नतिजा नकारात्मक आएपछि अध्यक्ष केपी शर्मा ओलीको राजीनामासमेत माग गरिरहेका बेला महासचिव पोखरेलले ओलीको बचाउ गरेका हुन्।

‘नेकपा (एमाले) को मुख्य नेतृत्वलाई लक्षित गरेर आग्रहपूर्ण विचार प्रवाह नगर्ने हो र पार्टीलाई एकताबद्ध बनाउने काममा इमानदारितापूर्वक लाग्ने हो भने पार्टीको भविष्यको चिन्ता गर्नुपर्ने अवस्था छैन। महासचिव पोखरेलले भनेका छन्, ‘मुलुकको विकास र समृद्धिका लागि आवश्यक राष्ट्रिय शक्तिको निर्माण एमाले भित्रबाटै सम्भव छ।’

नेता घनश्याम भुसालले निरन्तर अध्यक्ष ओलीमाथि प्रश्न उठाएपछि पोखरेलले सार्वजनिक रूपमै प्रतिक्रिया दिएका हुन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार