गृहमन्त्री खाँण र नेकपा प्रवक्ता प्रकाण्डबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बीच भेटवार्ता भएको छ ।

बुधबार बिहान गृह मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा यसअघिका वार्तामा भएका सहमतिपछि भएका कामको लेखाजोखा र समीक्षा भएको भेटमा समेत सहभागी मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

बैठकमा प्रवक्ता विश्वकर्माले कैदी बन्दी रिहा गर्ने प्रक्रिया कहाँ पुग्यो भनेर जिज्ञासा राखेका थिए । अर्को बैठक सम्वन्धित मन्त्रालय र निकायका प्रतिनिधिहरूको समेत सहभागितामा छिटै बस्ने सहमति बनेको मन्त्री खाँणको सचिवालयले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार