काठमाडौंको फोहोर विसर्जनमा आज पनि स्थानीयको अवरोध

बन्चरेडाँडामा काठमाडौंको फोहोर विसर्जन गर्न आज पनि स्थानीयले अवरोध गरेका छन् । स्थानीयवासीसँग समन्वय नगरेको भन्दै मंगलबार पनि फोहोर विसर्जन गर्न स्थानीयले अवरोध गरेका थिए । त्यसपछि फोहोर विसर्जन गर्न प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीले धरपकड गरेको भन्दै स्थानीय आक्रोशित भएका थिए । प्रहरी र स्थानीयबीच पनि झडप भएको थियो । केही स्थानीयहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

गत १४ जेठदेखि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकासहित उपत्यकाका शहरबाट फोहोर उठाइएको छैन । सर्वसाधारणको घरसँगै सार्वजनिक स्थलमा पनि फोहोर थुप्रिएकाले दुर्गन्ध बढ्नुका साथै महामारीको जोखिम पनि बढेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार