अबदेखि ४ आनाभन्दा कम कित्ताकाट गर्न नपाइने

सरकारले जग्गाको कित्ताकाटमा नयाँ व्यवस्था लागू गरेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू–उपयोग नियमावली २०७९ राजपत्रमा प्रकाशित गर्दै अबदेखि काठमाडौंमा घर बनाउने प्रयोजन लागि एक सय ४ आनाभन्दा कम हुनेगरी कित्ताकाट गर्न नपाइने व्यवस्था लागू गरेको हो ।

नियमावली अनुसार काठमाडौं उपत्यकामा कृषि क्षेत्रका रुपमा तोकिएको जग्गालाई न्यूनतम ५ सय वर्गमिटर र आवासीय क्षेत्रमा वर्गीकरण गरेको जग्गामा न्यूनतम ४ आना चाहिने छ ।

त्यस्तै, तराई र भित्री मधेशमा कृषि क्षेत्रमा वर्गीकरण भएको जग्गा २१.२२ आना वा ३९.८६ धुर (६७५ वर्गमिटर) र बाँकी अन्य स्थानमा ३१.४५ आना वा ५९ धुर (एक हजार वर्गमिटर) भन्दा कममा कित्ताकाट गर्न नपाइने व्यवस्था गरिएको छ ।

नियमावलीमा जग्गा टुक्रा गर्दा यदि आकार वा क्षेत्रफल अमिल्दो भई सीमानाको अर्को कित्तासँग मिलान (प्लट मिलान) गर्न उपयुक्त देखिएमा भने कित्ताकाट हुन सक्ने व्यवस्था गरेको छ । जसका लागि सम्बन्धित स्थानीय तहले आवश्यक मापदण्ड निर्धारण गर्न सक्नेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार