प्रेस सेन्टर नवलपरासीका अध्यक्ष पोखरेलको निधन

प्रेस सेन्टर नेपाल नवलपरासी (पश्चिम)का अध्यक्ष राजु पोखरेलको मृत्यु भएको छ । मंगलबार दिउँसो रुखबाट खसेर ३४ वर्षीय अध्यक्ष पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

पोखरेल कार्य क्षेत्र नवलपरासीबाट ५ दिन अघि धुर्कोट गाउँपालिका ४ जैसीथोक रौताडीस्ति घर आएका थिए । घर नजिकै रुखबाट लडेर गम्भीर घाइते भएका पोखरेलको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दौतरी एफएमका स्टेशन म्यानेजर समेत रहेका पोखरेल क्रियाशिल पत्रकारका रुपमा परिचित छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार