इम्बोस्ड नम्बर प्लेटमार्फत चार अर्ब रुपैयाँ घोटाला हुनसक्ने भीम रावलको आशंका

नेकपा (एमाले)का सांसद भीम रावलले इम्बोस्ड नम्बर प्लेटमार्फत चार अर्ब रुपैयाँसम्म घोटाला हुनसक्ने आशंका व्यक्त गरेका छन्।

मंगलवार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रावलले इम्बोस्ड नम्बर प्लेटमा तीनदेखि चार अर्ब घोटाला हुनसक्ने आशंका व्यक्त गरेका हुन्।

‘अहिले हाम्रो देशमा जुन यो गाडीमा नम्बर प्लेट राख्ने कुरा छ। के नेपाल सरकारले जति वेला ठेक्का लगाइयो‚ त्यो ठेक्का लगाउँदा त्यो ठेकेदार नै कालोसूचीमा, विश्वबैंकले कालोसूचीमा राखेको कम्पनी छ। त्यो वेला र अहिलेको त्यो रकम हेरौँ झन्डै त्यसमा तीन, चार अर्ब रुपैयाँको त त्यसमा घोटाला हुने जस्तो देखिन्छ’‚ उनले भने, ‘अहिले करिब ४ हजार गाडीलाई त्यो प्लेट दिइएकोमा १५ सयको त एक वर्षमै त्यो प्लेट काम नलाग्ने भयो भनेर समाचार सञ्चारमाध्यममा पढ्न आएको छ त्यो । तथ्य अगाडि त्यसरी देखिन्छ।’

संविधानअनुरूप सरकारी कामकाजको भाषा नेपाली हुनुपर्ने भए पनि सो मर्म बमोजिम नभई इम्बोस्ड नम्बर अंग्रेजी भाषामा गरिएकोप्रति उनले असन्तुष्टि व्यक्त गरे। उनले इम्बोस्ड नम्बर प्लेट बनाउन दिइने कम्पनी नै विश्वबैंकको कालोसूचीमा रहेको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार