गाँजासहित रौतहटबाट एक जना पक्राउ

अवैध लागुऔषध गाँजासहित रौतहटमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जिल्लाको उतरिभेग चन्द्रपुर नगरपालिका ६ का पनिलाल दासलाई ७ किलोग्राम लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।

घरमै भण्डारण गरी लागुऔषध गाँजा बिक्रि गरिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट गएको टोलिले उक्त परिणामको गाँजासहित दासलाई पक्राउ गरेको डिएसपी सन्तुलाल जैसवरले बताएका छन् ।

दासमाथि लागुऔषध ओसारपसार तथा बिक्रीवितरण सम्बन्धि मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार