गण्डकी प्रदेश सरकारले ल्यायो ‘सरकारसँग बाआमा’ कार्यक्रम (पूर्णपाठ)

गण्डकी प्रदेश सरकारले ‘प्रदेश सरकारसँग बाआमा’ कार्यक्रम संचालनमा ल्याउने भएको छ । आर्थिक वर्ष ०७९–८० का लागि प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्रभावकारी ढंगले प्रदान गर्न प्रदेश सरकारसँग बाआमा कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा प्रदेश सरकारको प्रतिवद्धता मर्यादित महिनावारी र स्वच्छता, सुत्केरी आमा पोषिलो खाना, सीपयुक्त शिक्षा प्रदेशवासीको इच्छा, लगायतका नारा नै नाराले भरिएको छ।

मानव सेवा आश्रम, वृद्धाश्रममा आश्रित दीर्घरोग लागेका बिरामीले नियमित सेवन गर्नुपर्ने औषधी निशुल्क रुपमा उपलब्ध गराउने नीति तथा कार्यक्रममा लेखिएको छ।

बहालवाला सरकारले ल्याएको यो नै अन्तिम नीति तथा कार्यक्रम हुनेछ। संविधानतः बजेटभन्दा अघि नीति तथा कार्यक्रम पेश र पारित गर्नुपर्छ। प्रदेश सरकारले आगामी असार १ गते बजेट ल्याउँदैछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार