प्रदेश १ को सरकारद्वारा बैठक सञ्चालन कार्यविधि स्वीकृत

प्रदेश नं १ सरकाले प्रदेश समन्वय परिषद् बैठकबाट ‘बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको छ। प्रदेश नंं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले ‘प्रदेश समन्वय परिषद्को बैठक सञ्चालन कार्यविधि, २०७९’ स्वीकृत गरेको हो।

नयाँ कार्यविधि स्वीकृत भएसँगै यसअघिको प्रदेश समन्वय परिषद् ९बैठक सञ्चालन० कार्यविधि, २०७५ खारेज भएको छ। गत वैशाख ३० सम्पन्न स्थानीय तहको निर्वाचनपछि पहिलोपटक प्रदेश समन्वय परिषद्को बैठक मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको हो।

प्रदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश समन्वय परिषद् गठन हुने कानुनी व्यवस्था छ। परिषद्‌मा हरेक जिल्लाबाट एकजना हुने गरी स्थानीय तहका प्रमुख वा उपप्रमुख वा जिल्ला समन्वय समितिका प्रमुख वा उपप्रमुख मध्येबाट कम्तीमा एक तिहाइ महिलाको प्रतिनिधित्व सहित १४ जना सदस्य मुख्यमन्त्रीले मनोनीत गर्ने कानुनी व्यवस्था छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार