हात्तीसारस्थित एक रेष्टुरेन्टमा युवती बलात्कृत

काठमाडौंको हात्तीसारस्थित नेपाल हाउस रेष्टुरेन्टमा एक जना युवती बलात्कार गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखाको तामाकोशी गाउँपालिका–६ घर भएका २० वर्षीय जीवन फुयाँल खत्री छन् । उनी रेष्टुरेन्टका वेटर हुन् ।

पीडितले दिएको जाहेरीका आधारमा फुयाँललाई पक्राउ गरेर प्रहरीले बताउको छ । घटना चार दिनअघिको हो । रेष्टुरेन्टमा इन्टर्नसिप गरिरहेकी उनीमाथि बलात्कार भएको सूचना लगत्तै प्रहरीले फुयाँललाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार