हिमालयन डिष्टिलरीद्धारा समता शैक्षिक गुठीलाई २५ लाख सहयोग

हिमालयन डिष्टिलरी लिमिटेडले समता शैक्षिक गुठीलाई पच्चीस लाख रुपैँयाको सहयोग समता शैक्षिक गुठीलाई पच्चीस लाख सहयोग गरेको छ ।  संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायका शैक्षिक, स्वास्थ्य, खेलकुद, लैंगिक समानता, वातावरण जस्ता सामुदायिक क्षेत्रमा  सहयोग पुर्‍याउँदै आएको डिष्टिलरीले आर्थिक वर्ष २०७७–०७८ मा छुट्टाएको रकम मध्येबाट गुठीलाई पच्चीस लाखको सहयोग प्रदान गरेको हो ।

समता शैक्षिक गुठीलाई एक कार्यक्रम बिच हिमालयन डिष्टिलरी लिमिटेडको सञ्चालक समितिका अध्यक्ष अखिलेश्वरप्रसाद सिंहले वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको उपस्थितिमा गुठीका संस्थापक उत्तम कुमार सन्जेल र निर्देशक दिनेश सन्जेललाई सो रकमको चेक कम्पनीको हस्तान्तरण गरेका हुन्  । उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत  महेश प्रसाद पोखरेल र कम्पनी सचिव निशा निरौलाको उपस्थिति रहेको थियो ।

समता शैक्षिक गुठीद्वारा अधिराज्यभर ८४ वटा विद्यालयहरू संचालन गरेको छ । जसमा कक्षा १ देखि स्नातकोत्तर सम्मका शैक्षिक कार्यक्रमहरू सञ्चालित छन् र करिब ७० हजार विद्यार्थीहरू लाभान्वित भएको दाबी उक्त गुठीको रहेको छ ।

यो गुठीले प्रति विद्यार्थी प्रति महिना रु. १०० मात्र शैक्षिक शुल्क लिएर समुदायका विपन्न वर्ग, दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरूका सन्तान, टुहुरा तथा सडक बालबालिकाहरूलाई अध्यापन गराइरहेको जानकारी गराएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार