थप २८ जनामा कोरोना संक्रमण पुष्टि

मंगलबार देशभर २८ जना कोभिड–१९ का संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ३७६ जनामा गरिएको परीक्षणमा २८ जना संक्रमित भेटिएका हुन्।

आज ९ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर १ सय ७ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये उपत्यकामा ४३ जना रहेका छन्।​

हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार