उच्च अंकले घट्यो सेयर बजार

नेपालको सेयर बजार निरन्तर घट्नेक्रम जारी छ । मंगलबार ४५.५९ अंकले घटेको बजार २०२०.२३ बिन्दुमा आएर रोकियो । सोमबार समेत बजार दोहोरो अंकले घटेको थियो ।

बजार निरन्तर घट्दा कारोबार समेत सुस्ताएको छ । मंगलबार २३४ कम्पनीको मात्र २८ हजार ९५९ वटा कारोबारबाट ३८ लाख ८७ हजार ७४८ कित्ता सेयर किनबेच भएको छ । मंगलबार कारोबार रकम भने १ अर्ब ३१ करोड २८ लाख ६ हजार ५६३ रुपैयाँ बराबरको भएको छ । मंगलबार सबै उपसमूह राताम्य रहे । सबैभन्दा धेरै उत्पादन र प्रशोधन तथा बैंकका लगानीकर्ताले गुमाए ।

मंगलबार उपकार लघुवित्त वित्तीय संस्थाको मूल्यमा सकारात्मक सर्किट लाग्यो । १० प्रतिशतले बढेको यसको मूल्य २१२६ रुपैयाँ पुगेको छ । बलेफी हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढेर २०३.९० रुपैयाँ पुगेको छ । माउण्टेन इनर्जी ३.८२ प्रतिशतले घट्यो । मंगलबार हिमालयन बैंकको मूल्य नेगेटिभ सर्किट लेवलमा घटेको छ । ९.९७ प्रतिशतले घटेको यो कम्पनीको मूल्य ३२३.१० रुपैयाँमा झरेको छ । मंगलबार एनआइसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भयो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार