बर्दिया घटनाको छानविन गर्न समिति गठन

गृह मन्त्रालयले बर्दियामा सोमबार प्रहरीले चलाएको गोली लागि एक किशोरीको मृत्यु भएको घटनाको छानविन गर्न समिति गठन गरेको छ । गृहले मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा आज पाँच सदस्यीय छानविन समिति गठन गरेको हो ।

‘घटनाका सम्बन्धमा स्थलगत रूपमा छानविन गर्न गृह मन्त्रालयका सहसचिव हरि प्रसाद घिमिरेको संयोजकत्वमा देहाय बमोजिम समिति गठन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश प्रदान गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ गृहद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । घिमिरे संयोजक रहेको समितिका सदस्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप महानिर्देशक वेद कुमार ढकाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक कृष्ण कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक विकास पाण्डे र गृह मन्त्रालयका उपसचिव ध्रुव बहादुर खड्का रहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार