काठमाडौँको फोहोर फाल्न सकस, बन्चरेडाँडामा प्रहरी परिचालन

स्थानीय र प्रहरीबीच झडप

काठमाडौँको फोहोर फाल्न फेरि सकस देखिएको छ । बञ्चरेडाँडामा फोहोर लिएर पुगेका टिपरलाई स्थानीय अवरोध गरेका छन् । त्यहाँ स्थानीय र प्रहरीबीच झडप समेत भएको छ। सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका छन् ।

करिब दुई घण्टा स्थानीय र प्रहरीबीच झडप भएको थियो । यसक्रममा प्रहरीले एक दर्जन बढी स्थानीयलाई पक्राउसमेत गरेको छ । प्रहरीले अवरोध गर्ने स्थानीयलाई नियन्त्रणमा लिएपछि फोहोर फाल्ने तयारी गरिएको छ ।

यसअघि सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच बसेको सर्वपक्षीय छलफलमा काठमाडौँको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार