यौन हिंसाविरुद्धका कानून संशोधन गर्न सरकार तयार छ : गृहमन्त्री खाँण

गृहमन्त्री बालकृष्ण खाँणले यौन हिंसा दुरुत्साहन गर्न यससम्बन्धी कानूनहरू संशोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा मंगलबार गृहमन्त्री खाँणले बलात्कार तथा यौन हिंसाको घटनाले प्रश्रय पाउनु नहुने बताएका हुन् । उनले यौन हिंसालाई दुरुत्साहन गर्न तथा बलात्कारबाट प्रताडित नारीहरूलाई सम्मानजनक जीवन जीउन आवश्यक पर्ने कानूनी प्रावधान संशोधन गर्न सरकार सकारात्मक रहेको बताए।

उनले भने‚ ‘यस्तो सामूहिक बलात्कार, यौनहिंसा, बलात्कारले प्रश्रय नपाओस् भन्नका लागि यस्ता घटनामा संलगग्नहरूलाई हदैसम्मको सजायको माग गरी त्यहीअनुसार नै आवश्यक निर्णय हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। यौन हिंसा दुरुत्साहन गर्ने, बलात्कार र सामूहिक बलात्कारमा प्रताडित भएका नारीलाई सम्मानजनक जीवन जीउने वातावरण तयार गर्न अहिलेको कानूनी प्रावधानहरूलाई संशोधन गर्नुपर्ने, परिमार्जन गर्न सरकार सकारात्मक छ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार