मन्त्री छाड्न तयार छु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नै पार्टीका केही नेताहरूले आफूलाई बदनाम गर्न खोजेको बताएका छन् ।

मंगलबार पशुपतिमा विश्वरुपा मन्दिर तथा सत्तल पुननिर्माण कार्यको क्षमा पूजा सहित शुभाम्भ एवं शिलान्याश कार्यक्रममा मन्त्री आलेले आफ्नै पार्टीका केही नेताहरूले आफुले धेरै चलखेल गर्यो भनेर आफूविरुद्ध अन्तर्वार्ता दिएर बदनाम गर्न खोजेको बताएका हुन् ।

मन्त्री आलेले आफूलाई पदको कुनै लोभ नभएको भन्दै आफू मन्त्री छाड्न तयार रहेको जिकिर गरेका छन् । आफूहरू ६ महिनाका लागि मन्त्री बनेको तर यसबिचमा २ महिना ग्रेस मार्कसमेत पाएर ८ महिना सरकारमा बस्न पाएको भन्दै अरूलाई मौका दिँदा आफू खुसी हुने उनले बताए । उनले बतास समूहविरुद्धको मुद्दा अघि बढाउनका लागि वडा तहबाट सहयोग नभएको जिकिर गरेका छन् ।

मन्त्री ओलीले पशुपति क्षेत्रको विकासका लागि त्यहाँ भएका अतिक्रमण हटाएर सुधारका काम गर्ने प्रतिवद्धता जनाए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार