११ बुँदे मागसहित लोसपाले प्रधानमन्त्रीलाई बुझायो ज्ञापन पत्र

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे ज्ञापनपत्र बुझाएको छ।

विभिन्न माग राख्दै लोसपा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरु बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ​ लोसपाले थरुहट आन्दोलन र मधेस आन्दोलनका क्रममा कैद सजाय भोगिरहेका र रेशम चौधरीको रिहाइ लगायतका माग राखेको छ।

त्यस्तै, कालोबजारी र महँगी नियन्त्रण गर्न पनि लोसपाले सरकार समक्ष माग राखेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार