राप्ती हाइड्रोको आईपिओ निष्काशन

राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्शन लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित दरमा ६ करोड १२ लाख ७९ हजार ३०० मूल्य बराबरको छ लाख १२ हजार ७९३ कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन आइपिओको बिक्री खुला गर्ने भएको हो।

आयोजनाले प्रभाव पार्ने रुकुमपूर्व जिल्ला र रुकुमपश्चिम जिल्लाका स्थानीय बासिन्दाले आगामी असार ७ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार २२ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम छ लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार