फर्पिङको जंगलमा मृत भेटिएका जोडीको पहिचान

फर्पिङको जंगलमा मृत अवस्थामा भेटिएका एक जोडीको पहिचान खुलेको छ । मृत भेटिएका युवक मकवानपुरको इन्द्रसरोवर घर भएका मनिष ठकुरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । युवकसँगै मृत भेटिएकी युवती दाङको राप्ती गाउँपालिका घर भएकी विमला कुमाल हुन् ।

सोमबार दिउँसो दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा करिब २२–२३ वर्षका युवक र युवती मृत अवस्थामा भेटिएका हुन् । घटनास्थलमा २ वटा विषादीको बट्टा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार