स्थानीयले दिएनन् फोहोर फाल्न, काठमाडौंमा भएको सहमति नमान्ने

सिसडोलका स्थानीयले बन्चरेडाँडामा फोहोर फाल्न रोक लगाएका छन् । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच हिजो भएको सहमति नमान्ने भन्दै स्थानीयले फोहोर फाल्न रोकेका हुन् ।

सोमबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको रोहबरमा काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो । सहमतिअनुसार आज बिहान काठमाडौंबाट डम्पिङका लागि लगिएको फोहोरका गाडीलाई स्थानीयले रोकेका हुन् ।

उक्त सहमतिअनुसार महानगरपालिकाकाले प्रभावित क्षेत्रका वासिन्दाको स्वास्थ्य बीमा एक हप्तामा सुरु गर्नेछ ।

गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार