वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेललाई बर्खास्त गरेको छ ।सोमवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई बर्खास्त गरेको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पौडेललाई बर्खास्त गरिएको जानकारी दिए ।

पौडेललाई यसअघि मन्त्रालयले स्पष्टीकरण सोधेको थियो । यो सरकार बनेदेखि नै मन्त्रालयमा तानिएका पौडेललाई हटाउने प्रस्ताव मन्त्री आलेले लगेका थिए ।

 

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार