बालेनले भेटे मुख्यमन्त्री पाण्डेलाई, फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह

काठमाडौं महानगरपालिकाका मेयरका बालेन शाहले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेसँग भेट गरेका छन् । भेटवार्तामा बालेनले मुख्यमन्त्री राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरे। जवाफमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्ने आश्वासन दिएका छन्। सिसडोलबासीको माग सम्बोधन गर्न साहले प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग पनि परामर्श गरिरहेका छन् ।

काठमाडौंलाई फोहोर मुक्त बनाउने एजेण्डासहित स्थानीय निर्वाचनमार्फत मेयरमा विजयी भएका बालेन सो बाचा पूरा गर्न दौडधूप गरिरहेका छन् । काठमाडौंको फोहोर फाल्ने गरिएको सिसडोलका स्थानीयले अवरोध पुर्याउँदा यतिवेला उनलाई पहिलो गाँसमै ढुंगा भनेझैं भएको छ ।

अघिल्लो स्थानीय सरकारले गरेका प्रतिवद्धता पूरा गर्नुपर्ने मागसहित सिसडोलबासी आन्दोलनमा उत्रिएपछि मेयर शाह संघीय र प्रदेश सरकारसँग सहयोगको आग्रह गरिरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार