नेवार समुदायले धुमधामका साथ सिथि नखः पर्व मनाउँदै

नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन्। जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन्। भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ।

यस पर्वमा घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ। नेवार समुदायमा ऋतुअनुसारको चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ।​

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार