गठबन्धन सम्मानजनक भएन, हामी असन्तुष्ट छौँ : झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले बर्तमान सत्तागठबन्धनप्रति असन्तुष्ट व्यक्त गरेका छन् । स्थानीय तह निर्वाचनको परिणामपछि आफ्नो पार्टी सत्तारूढ गठबन्धनसँग धेरै असन्तुष्ट रहेको उनले बताए ।

शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिँदै उनले गठबन्धन सम्मानजनक ढंगले नभएको बताए। निर्वाचनको परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको बताए।

‘हामी स्थानीय तहको निर्वाचनबाट धेरै असन्तुष्ट छौं। किनभने यो पाँच दलको गठबन्धनभित्र सम्मानजनक ढंगले गठबन्धन हुँदै भएन। त्यो नभएको हुनाले हामी असन्तुष्ट छौं,’ उनले भने, ‘त्यो असन्तुष्टि हामीले पाँच दलभित्र पनि राखेका छौं। हामी आफैं पनि समीक्षा गर्दैछौं। अब हामी ठ्याक्कै यो समीक्षाको बीचमा छौं।’

साथै उनले अहिले वामपन्थी बीचको एकताको आवश्यकता औंल्याउँदै सम्भावना निकै कमजोर समेत भएको बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार