शौचालय सार्वजनिक रुपमा प्रयोग गर्न दिन इच्छुक होटलले महानगरसँग सम्पर्क गर्नुपर्ने

काठमाडौं महानगरपालिकाले होटल, रेष्टुरेन्टलगायतले शौचालय सार्वजनिक रूपमा सर्वसाधारणलाई प्रयोग गर्न दिने भए सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ। आज सूचना निकालेर महानगरले होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्था लगायतलाई सार्वजनिक रूपमा आह्वान गरेको हो ।

काठमाडौंमा आवश्यकताअनुसार सार्वजनिक शौचालय नभएपछि सरकारी वा निजी संघसंस्थाका शौचालयलाई नै सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्न लागिएको छ। शौचालयमा सर्वसाधारणको सहज पहुँच अभिवृद्धिका लागि महानगर क्षेत्रभित्र रहेका होटल लगायतको शौचालय प्रयोग गर्न सकिने महानगरले गत जेठ १६ को नगरकार्यपालिका बैठकबाट निर्णय गरेको थियो।उक्त निर्णय कार्यान्वयनमा लैजान खोजिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार