पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर खुल्यो

पहिरोका कारण अवरुद्ध भएको कालीगण्डकी करिडोर खुलेको छ । शनिबार साँझ गुल्मी जिल्लाको हर्मिचौर अर्वेनी सडकखण्डको गरगरेमा सडक माथिबाट ढुंगा सहित पहिरो खसेका कारण सडक अवरुद्ध भएको थियोे ।

कालीगण्डकी गाउँपालिकाकी उपाध्यक्ष मञ्जु दर्लामीले सडक खुलाउनका लागि हर्मिचौरबाट डोजर पठाएर सडक खुलाएको जानकारी दिइन् । सडक अवरुद्ध हुँदा हर्मिचौरदेखि कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तिघाटसम्म जाने सवारी साधनहरु रोकिएर बसेका थिए भने यात्रुहरु पनि अलपत्र परेका स्थानीय प्रेम पाण्डेले जानकारी दिए ।

अहिले भने पुर्तिघाटबाट बुटवल जाने सवारीहरु चलेका छन् । नेपाली सेनाले बम बलाष्ट गरेर सडक बनाएका कारण सडक माथिबाट ठुला ठुला ढुंगाहरु सहित पहिरो खस्ने गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार