पछि हट्यो क्यान, मौसमसम्बन्धी अनुमति लिनु नपर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानयोग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स)का आधारमा मात्र उडान गर्न पाउने निर्णय फिर्ता लिएको छ ।

प्राधिकरणले प्राविधिक अध्ययन र आन्तरिक तयारी पूरा नगरी कार्यान्वयनमा ल्याउन समस्या भएपछि निर्णय फिर्ता लिएको हो । प्राधिकरणले २७ जेठमा आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको फ्लाइट क्लियरेन्सका आधारमा मात्र उडान भर्न पाउने निर्णय गरेको थियो । १५ जेठमा पोखराबाट जोमसोम उडान गरेको तारा एयरको विमान दुर्घटना भएसँगै प्राधिकरणले १६ जेठमा उक्त निर्णय गरेको थियो ।

उडान गर्ने विमानस्थल, बाटोको मौसम (इनरुट) र अवतरण गर्ने विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान अनुमति प्राप्त गर्ने निर्णय प्राधिकरणले गरेको थियो । तर जल तथा मौसम विज्ञान विभागले इनकटको मौसम जानकारी गराउने प्राविधिक र उपकरण नभएकाले विवरण उपलब्ध असम्भव भएको बताएपछि पछि प्राधिकरण पछि हटेको हो । यो समाचार आजको कारोबार दैनिकमा समाचार छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार