सर्वनामका वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप, प्रधानाध्यापक र उनकी पत्नी प्रहरी नियन्त्रणमा

काठमाडौं जोरपाटीको सर्वनाम शिक्षालयका छात्राहरुले होस्टल वार्डेनमाथि यौन दुर्व्यवहारको आरोप लगाएका छन् । छात्राहरुले होस्टल वार्डेन रामजी बस्नेतमाथि आरोप लगाएका हुन् । यौन दुर्व्यवहारको घटनाबारे अभिभावकलाई जानकारी गराएपछि शनिबार अभिभावकहरु होस्टल पुगेका थिए ।
आरोपित होस्टल वार्डेन फरार रहेका छन् ।

यस्तै प्रहरीले सर्वनाम शिक्षालयका प्रधानाध्यापक दुर्गानाथ शिवाकोटी र उनकी पत्नीलाई नियन्त्रणमा लिएको छ ।

घटनाको विषयमा सोधपुछ गर्न उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यौन दुर्व्यवहारको विषयमा जाहेरी दिन अभिभावकहरु पनि प्रहरी वृत्त वौद्धमा पुगेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार