युएईविरुद्ध नेपाल ८ रनमा अल आउट

आइसिसी यू–१९ महिला टि२० विश्वकप एसिया छनोटमा युएईविरुद्ध नेपाल ८ रनमा अल आउट भएको छ । मलेसियाको युकेएम यसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ८.१ ओभरमा ८ रनमा अल आउट भएको हो ।

नेपालका लागि स्नेहा महराले बनाएको ३ रन नै व्यक्तिगत उच्च रह्यो । त्यस्तै, ओपनर मनिषा राना २ रन, किरण कुमारी कुँवर, अनु कडायत र अश्मा पुलामी मगर १/१ रनमा आउट हुँदा कप्तान कृतिका मरासिनीसहित ६ खेलाडीले खातासमेत खोल्न सकेनन् ।

यूएईका लागि माहिका गौरले घातक बलिङ गर्दै ४ ओभरमा २ मेडन राखेर मात्र २ रन खर्चँदै सर्वाधिक ५ विकेट लिइन् । यस्तै, इन्धुजा नन्दका कुमारले ३ विकेट र सिमराले १ विकेट लिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार