त्रिविमा ताला नलगाउन नेकपा क्रान्तिकारीले दियो नेविसंघलाई चेतावनी

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयमा फेरि ताला लगाएपछि नेकपा (क्रान्तिकारी)ले विरोध जनाएको छ ।

नेविसंघले १३२ दिनदेखि त्रिविका उपकुलपति, रजिस्ट्रार र शिक्षाध्यक्षको कार्यालयमा लगाएको ताला नेकपा (क्रान्तिकारी)ले जेठ १८ गते तोडेको थियो । तर, नेविसंघले जेठ १९ गते फेरि तालाबन्दी गरेपछि नेकपा(क्रान्तिकारी)ले अब सह्यै नहुने चेतावनी दिएको हो ।

“महिनौदेखि बन्द भएर शिथिल भई थला परिसकेको विश्वविद्यालय खोलिनुपर्छ, विद्यार्थी निर्धक्क पठनपाठन गर्न पाउनुपर्छ । विश्वविद्यालयले कामकाज सहज बनाउन पाउनपर्छ भन्ने बुझाइ हो । खुलेको विश्वविद्यालय फेरि ताला लगाइनु कस्तो स्वार्थ र विवेकपूर्ण निर्णय होला ?,” नेकपा क्रान्तिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

क्रान्तिकारीले तालबन्दी जारी रहे जुनसुकै अप्ठ्यारो अवस्थाको सामना गर्न सरकार तयार हुनुपर्ने चेतावनीसमेत दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार