काठमाडौंका मेयर बालेनले भेटे माओवादी अध्यक्ष प्रचण्डलाई

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटेका छन् ।शनिबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा पुगेर मेयर शाहले अध्यक्ष प्रचण्डलाई भेटेका हुन्।

प्रचण्डले बालेन्द्रको जितलाई ठूलो क्रान्ति भएको बताए। उनले मेयर साहसँग भने,‘तपाईँको जित बहुत ठूलो क्रान्ति हो ।

‘पहिलेका स्वतन्त्र मेयरहरू कुनै एउटा पार्टीसँग अलाइन्स भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईले पहिलो पटक सबैलाई मिलाएर – सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सहरानिय छ त्यसैले हजुरलाई हाम्रो सधैंभरी साथ र सहयोग हुनेछ।’ उनले भने ।

यसअघि मेयर साहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेर बहादुर देउवासँग भेट गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार