हेटौंडामा जीप दुर्घटना, एक जनाको मृत्यु

मकवानपुरको हेटौंडामा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ तिनताप्केमा जीप दुर्घटना भएको हो ।

दुर्घटनामा ज्यान गुमाउनेमा बोलेरो सवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–६ चौघडा बस्ने ३३ वर्षीय गोपाल दाहाल रहेका छन् ।चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ५ च ३६२७ नम्वरको कुखुरा बोक्ने बोलेरो जीप हेटौंडा–३ तिनताप्केमा अनियन्त्रित भई पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार, मृतक दाहालको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । यस्तै, सोही दुर्घटनामा परेर दुई जना घाइते भएका छन् । उनीहरुको सामान्य उपचारपश्चात डिस्चार्ज भइसकेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार