समुन्द्रको बीचमा एक महिलाले जन्माइन् बच्चा

मध्य अमेरिकी मुलुक निकारागुवाकी एक महिलाले प्रशान्त महासागरको बीचमा बच्चा जन्माएकी छिन् ।निकारागुवाकी ३७ वर्षीया जोसी पेउकर्ट नाम गरेकी ती महिलाले समुन्द्रको छालको बीचमा बच्चालाई जन्म दिएकी हुन् । उनले सामाजिक संजालमा आफ्नो प्रसुतिको भिडियो र तस्बीर सार्वजनिक गरेपछि अहिले त्यो विश्वभर भाइरल भएको छ ।

जोसीले आफूले समुन्द्रमा बच्चा जन्माएको विषयलाई ‘ फ्री वर्थ’ ९निःशुल्क जन्म० भनेर नाम दिएकी छिन् ।जोसीले सो समयको भिडियो समाजिक सञ्जालमा गत फेब्रुअरी महिनामा सार्वजनिक गरेकी थिइन् । तर, भिडियो अहिले भाइरल भएको हो । जोसी यसअघि ४ बच्चाकी आमा हुन् ।

भिडियोलाई हालसम्म २ लाख भन्दा बढीपटक हेरिएको छ । भिडियोमा जोसी आफ्ना ४२ वर्षीय श्रीमान् बेन्नी कोर्नेलियससँग देखिएकी छिन् । साथै जोसीको प्रसुतीको समयमा उनले मद्दत पनि गरेका छन् । उनीहरुले तौलिया र नाभि राख्नका लागि कचौरा जस्ता समान्य चीजहरू मात्र प्रयोग गरेका थिए । बेलायती पत्रिका ‘डेली मेल’ का अनुसार जोसीले ‘फ्री वर्थ’ को लागि चिकित्सा सहायता बिना नै बच्चालाई जन्म दिएकी हुन् ।

यद्यपि जोसीको यस्तो प्रकारको प्रसुतीले विबाद पनि सृजना गरेको छ । सन् २०१८ मा अमेरिकाको क्यालिफोर्नियाकी एक महिलाले यस्तै प्रकारले समुन्द्रमा बच्चा जन्माउन खोज्दा मृत बच्चा जन्मिएको थियो । विज्ञहरूले यस्तो प्रक्रिया नअपनाउन सल्लाह दिने गरेका छन् । जोसी समुन्द्रको छालमा सुत्केरी हुने बेलामा चिच्याएकी थिइन् । जोसीले भनेकि छिन्,उनको पछाडि प्रहार गर्ने छालहरूले उनलाई सुत्केरीको समयमा सहज महसुस गराएको थियो । ‘मेडिकल हस्तक्षेपबिना पनि महिलाको सन्तान जन्माउन सक्षम हुन्छन् भन्ने देखाउन चाहन्थे,यो पूर्णत प्राकृतिक जन्म हो ।’ उनले भनेकि छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार