कक्षा १२ को परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

अर्कैको नाममा कक्षा १२ को परीक्षा दिने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्। संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङबाट नक्कली परीक्षार्थी पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भोटखोला गाउँपालिका–४ की मनिसा गुरुङ रहेको प्रहरीले जनाएको छ ।खाँदबारी–३ को महेन्द्र मावि मानेभञ्याङ परीक्षा केन्द्रमा बहिनीको नामबाट परीक्षा दिने दिदी पक्राउ परेकी हुन्।

भोटखोला गाउँपालिका अरुणोदय माध्यमिक विद्यालयको कक्षा १२ की विद्यार्थी अनुसा गुरुङको सट्टामा परीक्षार्थी बनेर परीक्षा दिइरहेको अवस्थामा मनिसालाई प्रहरीले नियन्त्रणमा लिएको हो। नक्कली परीक्षार्थी मनिसालाई परीक्षा सञ्चालन भएको ४५ मिनेटपछि प्रहरीको जिम्मा लगाइएको महेन्द्र मावि मानेभञ्याङका केन्द्राध्यक्ष मेदिनी घिमिरेले जानकारी दिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार