मतदाता दर्ता कार्यक्रम सञ्चालन गर्ने निर्वाचन आयोगको तयारी

निर्वाचन आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी फेरि मतदाता दर्ता कार्यक्रमलाई अघि बढाउने भएको छ । अब बढीमा १ महिनासम्म नयाँ मतदाताको नाम दर्ता गर्न सकिने आयोगले जनाएको छ । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्याललेका अनुसार जुन दिन निर्वाचनको मिति तोकिन्छ त्यही दिनबाट दर्ता कार्यक्रम रोकिने छ । आयोगले यसबारे छिट्टै निर्णय गरेर नाम दर्ता प्रक्रिया अघि बढाउने बताइएको छ ।

२०७९ वैशाख २९ गतेसम्म १८ वर्ष माथिका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता रहेका छन् । निर्वाचनको मिति घोषणा भएको दिनदेखि नाम दर्ता गर्ने काम रोकेर मतदाता नामावली प्रशोधनको काम सुरु गर्ने र सो काम सहित समग्र निर्वाचनको तयारीको काम गर्न आयोगलाई १ सय २० दिन समय लाग्ने गर्दछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार