काठमाडौंका मेयर बालेन र सिसडोलका स्थानीयबीच चर्काचर्की (भिडियाे)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र सिसडोलका स्थानीयबीच फोहोर व्यवस्थापनको विषयमा छलफल भएको छ । सो क्रममा बालेन र स्थानीयबासीबीच चर्काचर्की समेत भएको थियो । काठमाडौंको फोहोर नउठेपछि आज बिहानै सिसडोल पुगेका बालेनले स्थानीयसँग अन्तक्रिया गर्ने क्रममा चर्काचर्की भएको हो ।

मेयर बालेनसँग सिसडोलबासीले १७ वर्षसम्म फोहोर व्यवस्थापन हुन नसकेको गुनासो गरेको थिया । सोहीक्रममा बालेनले भने, “म आएको चार दिन भयो प्रधानमन्त्रीसँग यही कुरा लिएर गएको छु । मन्त्रीकोमा पनि यही कुरा लिएर गएको छु कि त नजा भन्नू । कामै नगर भन्नू ।”

जवाफमा सिसडोलबासीले काम गर्न अघि नबढ्नु भनेको होइन तर आफ्ना मागलाई बेवास्ता गर्न नहुने बताएका थिए । यसैबीच, बालेनले आफू स्वतन्त्र भएको र स्वतन्त्र मान्छेलाई काम गर्न दिनुपर्ने बताए । “म स्वतन्त्र व्यक्ति हो मलाई काम गर्न दिनुपर्यो । मैले कसैसँग साठगाँठ गरिराख्नु पर्दैन । मैले महानगरको मेयरको पद पनि लिनु पर्दैनथ्यो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार