प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सरकारको आगामी आर्थिक वर्ष २०७९– ८० का लागि ल्याएको अनुमानित आय व्ययसहितको बजेटमाथि प्रतिनिधिसभामा छलफल जारी रहेको छ । बजेटको गुण दोषका आधारमा सांसदहरुले आ–आफ्नो राय राखिरहेका छन् ।

यसैक्रममा शुक्रबार पनि जारी छलफलमा सांसदहरुले बजेटमाथिको आफ्नो समर्थन र विमति राखिरहेका छन् । जारी बैठक १५ मिनेटपछि पुनः सुचारु हुनेगरी सभामुख अग्निप्रसाद सापकोटाले ४ स्५० बजे स्थगित गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार