आयल निगम खारेज गर्ने हल्लामा कुनै सत्यता छैन : उद्योगमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगम खारेज गर्ने हल्लामा कुनै सत्यता नभएको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धि जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलका क्रममा बोल्दै मन्त्री बडूले यस्तो बताएका हुन्। साथै उनले निगमको काम निजी क्षेत्रलाई दिने भन्ने कुरा पनि गलत भएको बताए ।

उनले इन्धनको आपूर्ति विधिलाई चुस्त बनाउन पनि सरकारले गृहकार्य सुरु गरिसकेको प्रष्ट पारे।सरकारले सर्वसाधारण र व्यवसायका लागि पेट्रोलियम पदार्थको छुट्टाछुट्टै मूल्य निर्धारण गर्न समिति गठन गरेको समेत उनले बताए।

उनले भने, ‘नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति प्रभावकारी बनाउन नेपाल सरकारले अपनाउनु पर्ने नीतिगत तथा संस्थागत र पेट्रोलियम पदार्थको माग आपूर्ति र भण्डार गर्ने गरी आपूर्ति प्रणाली सुधार गर्ने प्रक्रिया तथा वितरण प्रणाली, पेट्रोलिय पदार्थको हाल अन्तर्राष्ट्रिय मूल्य र यसबाट समग्र देशको अर्थतन्त्रमा परेको असर, न्यनिकरणका उपाय अपनाएर निगमको सुधार गर्ने। नेपालमा पेट्रोलियम पदार्थको दीर्घकालिन वैकल्पिक उर्जा र हरित हाइटोजनको प्रयोग गर्ने र आयल निगमलाई पुनःसंरचना गर्ने योजना छ। पेट्रोलियम पदार्थको र एलपी ग्यास निजी क्षेत्रलाई खरिद गर्न दिने प्रतिवेदन भइरहेको छ। निगमलाई खारेज गर्ने र निजीकरण गर्ने जस्ता कुराहरुमा कुनै सत्यता रहेको छैन।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार